नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट शुरू हुने अन्तिम शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्ने बताएका छन्।
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको बताएका छन्।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीबारबाट लिगको अन्तिम शृंखला खेल्दैछ। शृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवा न्यु गिनी (पीएनजी) र नेपालले सहभागिता जनाउँदै छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने शृंखलामा नेपालले सबै खेलमा सुखद नतिजा निकाले विश्वकप छनोटको मौका पाउने भएकाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताएका हुन्।
पछिल्लोपटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने बताए। घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उनको तर्क थियो।
शीर्ष तीनमा अटाउनका लागि गरिएको योजना अनुसार शृंखलाका खेलहरू भइरहेको र अन्तिम शृंखलामा पनि अपेक्षा अनुसारको नतिजा आउने कप्तान रोहितले बताए। कप्तान रोहितले युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरे। उनले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किने समेत बताए।
यस्तै प्रशिक्षक मोन्टी देशाईले बिहीबार हुने चार खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको बताए। शृंखलामा सहभागी हुन नेपाल भ्रमण गरेका टोलीद्वय युएई र पीएनजीले पनि सुखद नतिजाका लागि घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने बताउँदै उनले युएई र पीएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएकोले लिगको अन्तिम शृंखलाका खेलहरू प्रतिस्पर्धात्मक हुने अपेक्षा बताए।
सो क्रममा युएई टोलीका खेलाडी सदस्य भृत्य अरविन्दले नेपालमा हुन लागेको शृंखला नयाँ भएको र एक दिवसीय मान्यताका लागि मेहनत गर्ने बताए। उनले घरेलु दर्शकको अगाडि खेल्न आफ्नो टोली आतुर रहेको समेत बताए।
उता विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेको टोली पीएनजीले पछिल्लो समय टोलीले नतिजा सुम्पिए पनि सम्मानजनक खेल खेलेको छ। सोही खेलमा भएको केही कमीकमजोरीलाई सुधार गर्दै खेल्नसके अन्तिम शृंखलामा सुखद नतिजा हासिल गर्ने पीएनजीका कप्तान अशद भालाले बताए। सोही लक्ष्यकासाथ टोलीले अभ्यास गरिरहेको र राम्रो खेलेर लिगमा सुखद अन्त्य गर्ने योजनामा टोली रहेको अशदले बताए।
घरेलु मैदानमा बिहीबार हुन लागेको अन्तिम शृंखंलाका लागि नेपाली टोली घोषणा पनि भइसकेको छ। रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। जसमा युएईमा भर्खरै सम्पन्न लिग–२ खेलेका खेलाडीले नै निरन्तरता दिइएको छ।
शृंखला फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ। लिग-२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चारवटै खेल जित्नुपर्नेछ भने एक दिवसीय मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
