आगामी साता हिमपातदेखि वर्षाको सम्भावना

आगामी साता देशका उच्च हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, केही स्थानमा छिटपुटदेखि हलुका वर्षाको सम्भावना समेत रहेको छ।

काठमाडौँ- आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

विभागले प्रदेश नं १, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा साताको अन्त्यतिर आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। त्यस्तै, देशका  अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहको विभागले जनाएको छ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।