यूएईका आयन खानले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३ मेडनसहित ३४ रन खर्चिए।
काठमाडौँ– शीर्षक्रमका तीन खेलाडीले अर्धशतक प्रहार गरेपछि पपुवा न्यू गिनीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईलाई २४७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो।
उसका सेसे बाउले अविजित रहँदै सर्वाधिक ८१ रन बनाए। उनले १०६ बलमा १० चौका प्रहार गरे। ओपनर हिरी हिरीले ८५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपनर किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ रन बनाए। किप्लिन र हिरी हिरीबीच पहिलो विकेटको लागि ७७ रनको साझेदारी भएको थियो।
१० ओभरको पहिलो बलमा किप्लिङ एलबील्ब्यू आउट भएपछि क्रिजमा आएका बाउले हिरी हिरीसँग ११२ रनको शतकीय साझेदारी गरेका थिए।
हिरी ३१ ओभरको तेस्रो बलमा आयन खानबाट बोल्ड भएपछि पपुवा न्यू गिनी समस्यामा परेको थियो। बाउबाहेक क्रिजमा आएका कुनै पनि ब्याटरले जमेर खेल्न सकेनन्।
चार्ड सोपरले १०, नोर्मन भानुआले १०, कार्लस अमिनीले ४, हिला भारेले ४, रिले हेकुरेले १ र काबुआ मोरेले १ रन बनाए। कप्तान असद भाला भने खाता नखोली आउट भएका थिए।
यूएईका आयन खानले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३ मेडनसहित ३४ रन खर्चिए।
जाहूर खानले २ विकेट लिँदा रोहन मुस्तफा र कार्तिक मयप्पनको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
