कस्तो छ शनिबारको मौसम?

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागको मौसम आंशिक बदली रहेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ।

चट्याङसहित वर्षा र हिमपातसमेत हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।