रोहित पौडेलले ८३ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाएका छन्। उनी ओडीआईमा सर्वाधिक अर्शतक प्रहार गर्ने नेपाली खेलाडी पनि बनेका छन्।
काठमाडौँ– नेपालका कप्तान रोहितकुमार पौडेलले आईसीसी लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईविरुद्ध अर्धशतक बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले खराब शुरूआत गरेको थियो। ओपनर आशिफ शेख ५ बल खेल्दै डक आउट भएका थिए।
अर्का ओपनर कुशल भुर्तेललाई पनि चौथो ओभरको तेस्रो बलमा आयन खानले बोल्ड गरेका थिए। तेस्रो नम्बरमा उत्रिएका कुशल मल्ल ७औँ ओभरको पहिलो बलमा कप्तान मोहम्मद वासिमबाट क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो।
तर, चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहितले नेपालको इनिङ्स उकासे। उनले ८३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरे। उनले भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका थिए। रोहितले ओडीआईमा एक शतकसहित ८ अर्धशतक प्रहार गरेका छन्। उनी ओडीआईमा सर्वाधिक अर्शतक प्रहार गर्ने नेपाली खेलाडी पनि बनेका छन्।
आशिफ शेखले ओडीआईमा एक शतकसिहत ७ अर्धशतक प्रहार गरेका छन्। ज्ञानेन्द्र मल्लले ७ र कुशल भुर्तेलले एक शतकसहित ४ अर्धशतक प्रहार गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
