रोहित पौडेलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ११२ बलमा ९ चौका प्रहार गरे।
काठमाडौँ– कप्तान रोहितकुमार पौडेलको अर्धशतक प्रेरित नेपालले आईसीसी लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईलाई २४९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको हो।
नेपालका रोहितले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ११२ बलमा ९ चौका प्रहार गरे।
यस्तै, मध्यक्रमका आरिफ शेखले ५२ बलमा ५ चौकासहित ४३ रन बनाए। दीपेन्द्रसिंह ऐरी ३४ र भीम सार्की २९ रन बनाएर क्याच आउट भए।
आठौँ ओभरसम्म यूएईका खेलाडीले कसिलो बलिङ गरेका थिए। ओपनर आशिफ शेख ५ बल खेल्दै डक आउट भए। अर्का ओपनर कुशल भुर्तेललाई पनि चौथो ओभरको तेस्रो बलमा आयन खानले बोल्ड गरे।
तेस्रो नम्बरमा उत्रिएका कुशल मल्ल पनि ७औँ ओभरको पहिलो बलमा कप्तान मोहम्मद वासिमबाट क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो।
तर, चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहितले नेपालको इनिङ्स उकासे। उनले भीम सार्कीसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे। भीम २१औँ ओभरको अन्तिम बलमा क्याच आउट भए।
२२ ओभरमा ४–७६ को स्थितिमा रहेको नेपाललाई रोहित र आरिफ शेखले उद्धार गरेका थिए। उनीहरूबीच ८६ रनको साझेदारी भयो। रोहित ३७औँ ओभरको तेस्रो बलमा क्याच आउट भए।
रोहित ओडीआईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बनेका छन्। उनले ओडीआईमा एक शतकसहित ९ अर्धशतक प्रहार गरेका छन्।
आशिफ शेखले ओडीआईमा एक शतकसहित ७ अर्धशतक प्रहार गरेका छन्। ज्ञानेन्द्र मल्लले ७ र कुशल भुर्तेलले एक शतकसहित ४ अर्धशतक प्रहार गरेका छन्।
रोहित आउट भएपछि क्रिजमा आएका गुलशन झा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रन बनाएर बोल्ड भए।
लगत्तै सन्दीप लामिछाने २ रन बनाएर क्याच आउट भए। ८औँ नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रन बनाएर जवार फरिदको बलमा बोल्ड भए।
सोमपाल कामीले २ रन बनाए। यूएईका आयान खान, जावर फरिद र रोहन मुस्तफाले २/२ विकेट लिए। मुस्तफाको ओडीआईमा यो ७१औँ विकेट हो।
आर्यन लाक्रा, जुनेद सिद्दिकी र जहूर खानको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
