आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ । सोमबार देशका पहाडी क्षेत्रका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। त्यस्तै आज देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।  

मंगलबार पनि देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने विभागले जनाएको छ।