सोमबार सम्पन्न खेलमा पपुवा न्यू गिनीलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोट सिधै खेल्ने सम्भावना कायम राखेको छ।
काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्यू गिनीलाई पराजित गरेको नेपालले सिधै छनोट खेल खेल्ने सम्भावना कायमै राखेको छ।
सोमबार सम्पन्न खेलमा घरेलु टोली नेपालले पपुवा न्यू गिनीलाई ९ विकेटले पराजित गर्दै विश्वकप छनोट सिधै खेल्ने सम्भावना कायम राखेको हो।
नेपालले बिहीबार यूएईसँग हुने लिग-२ को अन्तिम खेल जिते नेपालले आगामी जुन-जुलाईमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप खेल्ने छ।
लिग–२ का ३६ वटै खेल खेलेको स्कटल्यान्डको ५०, ओमानको ४४ र नामिबियाको ३९ अंक छ। उनीहरू अंक तालिकामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। सोमबारको जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ।
आईसीसीको नियमअनुसार शीर्ष तीनमा रहने तीन टोलीले सिधै विश्वकप छनोट खेल्ने छन्। अन्य चार टोलीले भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ। नेपालले सिधै स्थान बनाउन यूएईविरुद्धको खेल फाइनलसरह हुने छ।
नेपालको ९ विकेटको जित
पपुवा न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले। उनले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रन बनाए।
यता, कुशल भुर्तेलले३३ रन बनाए। उनले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
तेस्रो नम्बरमा आएका कुशल मल्लले १३ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए।
पपुवा न्यू गिनीका चार्ड सोपरले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले ३२औँ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाए।
पपुवा न्यू गिनीका कप्तान असद भालाले सर्वाधिक २० रन बनाए। उनले ३१ बलमा २ चौका प्रहार गरे।
उनीबाहेक अन्य चार खेलाडीले मात्रै दोहोरो अंकमा रन बटुल्न सके।
तेस्रो नम्बरमा क्रिजमा उत्रिएका सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र ओपनर हिरी हिरीले १४ रन बनाए।
पपुवा न्यू गिनीका अन्य ब्याटरले नै दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओडीआईमा पपुवा न्यू गिनी दोस्रोपटक सर्वाधिक कम स्कोरमा समेटिएको हो। यसअघि सन् २०२१ मा सेप्टेम्बर १० मा नेपालसँग खेल्दा ८२ रनमा अलआउट भएको थियो।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित २५ रन खर्चिए। योसँगै उनी ओडीआईमा १०० विकेट नजिक पुगेका छन्। उनले ४० खेलमा ९७ विकेट लिएका छन्।
कुशल मल्ल र ललित राजवंशीले २/२ विकेट लिए। सोमपाल कामीको नाममा भने १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
