आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ।
सन् २०२२ मा युरोपमा हतियारको आयात झन्डै दोब्बरले बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्। रुसी आक्रमण खेपिरहेको युक्रेनको सहयोगार्थ ठूलो परिमाणमा हतियारको ढुवानी बढेको हो।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्यान्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका छन्। जसले गर्दा हतियारको आयातमा पनि वृद्धि भएको छ। आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ।
“आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ, जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप वृद्धि गर्नेछन्,” एसआईपीआरआईका वरिष्ठ अनुसन्धाता पिटर वेजेम्यानले एएफपीलाई बताए।
गत वर्षसम्म हतियारको आयातकर्ताको हिसाबले युक्रेन नगण्य आयातकर्ता रहेको थियो। रूसको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार वितरण र आपूर्ति गरेका कारण सन् २०२२ मा यो कतार र भारतपछि विश्वको तेस्रो ठूलो हतियार गन्तव्य बनेको थियो।
सिप्रीको तथ्यांकअनुसार युक्रेनले मात्र युरोपमा ३१ प्रतिशत हतियार स्थानान्तरण गरेको छ भने विश्वमा आठ प्रतिशत हतियार वितरण गरेको छ।
आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ। युक्रेनमा भएका हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियारहरू थिए।
तीमध्ये अमेरिकाका करिब २३० तोपहरू थिए। २८० पोलिस बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिस एन्टी–ट्यांक मिसाइल साथै एन्टी–एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
