खखडेहरा पर्व मनाइँदै, कैलाली र कञ्चनपुरमा बिदा

सुदूरपश्चिमका राना थारू समुदायले खखडेहरा पर्व धुमधामका साथ मनाउने गर्छन्। एक महिनासम्म मनाइने 'होरी' समापनका दिन यो पर्व मनाउने चलन छ।

काठमाडौँ– सुदूरपश्चिममा आज खखडेहरा पर्व मनाइँदै छ।

विशेषगरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गर्छन्।

राना थारू समुदायले सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिन खखडेहरा मनाउछन्। एक महिनासम्म मनाइने होरी पर्व समापनमा यो पर्व मनाउने चलन छ।

यसैबीच सुदूरपश्चिम सरकारले खखडेहरा पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ।

फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले बताए।