ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले राष्ट्र बैंक अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन्।
काठमाडौँ– देशभरबाट संघीय राजधानी काठमाडौँ आएका उद्योग व्यवसायीले मंगलबार नेपाल राष्ट्र बैंक घेराउ गरेका छन्। केही समययता चरणबद्ध सडक आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीले मंगलबार बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन्।
उद्योगी व्यवसायीले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरूले व्यवसायीमाथि चर्को ब्याज लिएको, ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै बैंकविरुद्ध सडक संघर्षमा उत्रिनुपरेको बताएका छन्। उद्योगी व्यवसायीले राष्ट्र बैंक अगाडि पुगेर आफूहरूको पीडा बुझ्न ध्यानाकर्षणसमेत गराए।
विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायी आफ्ना पीडा पोख्न राष्ट्र बैंक आएको बताए। उनले अर्थतन्त्रमा आएको समस्याका कारण उद्योगको उत्पादन घटेको, रोजगारी कटौती भएको र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को ब्याज लिएको गुनासो गरे। उनले तत्काल समाधान दिन सरकारसँग माग गरे। “व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था छैन। सरकारले व्यवसायीहरूसँग छलफल गरी समाधान निकाल्नुपर्छ।” उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर नघटाइएसम्म व्यवसायीको आन्दोलन निरन्तर चल्ने चेतावनी दिए। उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल गर्नुपर्ने उल्लेख गरे। “ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक छ। अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न सक्ने अवस्था छैन,” उनले भने।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायी बैंकविरुद्ध सडक आन्दोलन गर्दा समेत सरकार र सम्बन्धित निकाय गम्भीर नबनेको आरोप लगाए। उनले पछिल्लो समय बैंकको चर्को ब्याज असुलेर दादागिरी देखाएको र त्यसैको कारण व्यवसायी मर्कामा परेको बताए। “बैंकहरूले उद्योगी व्यवसायीलाई सुकुमवासी बनाउने काम गर्न लागेको छ,” उनले भने
विगत एक वर्षदेखि बैंकले ज्यादती गरेको भन्दै आन्दोलनमा रहे पनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्। आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघसँग आबद्ध भएका वस्तुगत संघ आन्दोलनमा सहभागिता रहेको छ।
आन्दोलनमा व्यवसायीले ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजीकर्जा मार्ग निर्देशन स्थगन गर’, ‘ब्याजदर हामीलाई चर्को भो’, ‘गरिखान गाह्रो भयो’, ‘उच्च सेवा शुल्क बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
