वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए।
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन्।
उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तर-पश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे। तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए।
"यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन। तर, बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ। त्यसले गर्दा चिसो हुने, तापक्रम घट्ने देखिन्छ। त्यो भएर यो हप्ता त्यस्तो खालको चिसो देखिएको हो," उनले भने।
वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे। अक्टोबर र नोभेम्बरमा यत्तिकै अवस्थामा अथवा एक/दुई डिग्रीको तलमाथि मात्रै रहने बताए। उनले डिसेम्बरको शुरुआत भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे।
उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए। उनले आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे। जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ।
वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
