अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र अपराह्नपछि पहाडी  तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

काठमाडौँ– हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखी सामान्य बदली हुने महाशाखाको अनुमान छ। अपराह्नपछि पहाडी  तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

यस्तै राति पनि पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ।

बेलुकीपख हावाहुरीसमेत चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।