बाँकेका नरैनापुर, राप्तीसोनारी, डुडुवालगायत वनमा धेरै डढेलो लाग्ने गरेको छ। डढेलो नियन्त्रणका लाथि वन कार्यालयले सामुदायिक वनसँगको समन्वयमा अभियान शुरू गरेको छ।
नेपालगन्ज– बाँकेमा वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी अभियान थालिएको छ।
विभिन्न सामुदायिक वनसँगको समन्वयमा अभियान शुरू भएको हो। कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले डढेलोका कारण वन मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे।
सार्वजनिक सम्पत्तिका रूपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व वन उपभोक्ता तथा सरोकारवालाको भएको मन्त्री चौधरीले बताए। डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको अग्रणी भूमिका रहने उनको भनाइ छ।
वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको वन कार्यालयले जनाएको छ। हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइँदै आएको छ।
बाँकेमा नरैनापुर, राप्तीसोनारी, डुडुवालगायत वनमा धेरै डढेलो लाग्ने गरेको बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
