मधेश प्रदेशले गुल्सन झा र आरिफ सेखलाई दुई/दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत अन्तिम खेलमा यूएईलाई हराउन महत्त्वपूर्ण भूमिका खेलका नेपाली खेलाडी गुल्सन झा र आरिफ सेखलाई मधेश प्रदेशले दुई/दुई लाख दिने घोषणा गरेको छ।
यूएईविरुद्ध टियु क्रिकेट मैदानमा बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका दुवै खेलाडीलाई प्रोत्साहन स्वरूप नगद प्रदान गर्ने घोषणा गरेका हुन्।
नेपालले लिग– २ मा युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक र खेलाडीलाई बधाई दिएका छन्। उनले गुल्सन र आरिफको साथै कुशल भुर्तेल र भीम कार्कीको खेलको पनि प्रशंसा गरे। उनले गुल्सन र आरिफले देश र प्रदेशको सम्मान बढाएकोमा आफूलाई खुशी लागेको बताए।
लिग–२ को अन्तिम खेलमा नेपालले यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको थियो। तर, यूएईलाई डकवर्थ लेविस पद्धतिका आधारमा नौ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो।
विश्वकप छनोट आगामी जुन–जुलाईमा जिम्बावेमा हुनेछ। जिम्बावेमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ। छनोटमा कूल १० टोली हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
