कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा बढ्दै जाने, तर न्यायाधीशहरूको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रिनुपरेको बताएका छन्।
काठमाडौँ– कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादन हुन नसकेको स्पष्ट पारेका छन्।
शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३०औँ परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीका लागि सञ्चालित पूर्वव्यावसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले सो कुरा बताएका हुन्।
न्यायालय सुधारको काममा लागी परे पनि न्यायाधीशको कमीका कारण गति दिन नसकेको कामु प्रधानन्यायाधीश कार्कीको भनाइ थियो। उनले मुद्दा बढ्ने, तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेको उल्लेख गरे।
“न्याय ढिला नहोस् भन्ने कुरालाई पनि सजगता अपनाएका छौँ। र, न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका छौँ,” उनले भने।
कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीलाई पनि आग्रह गरे। उनले सर्वोच्च अदालतलाई अटोमेसन सिस्टममा लैजान खोजे पनि स्रोतसाधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
