देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भेगका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जसका कारण पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।
पहाडी र तराई भूभागमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशमा राति पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने महाशाखाको अनुमान छ।
चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
