भारतले दिएको ११७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई १२१ रन बनायो।
विस्फोटक ब्याटिङ गर्दै पाहुना टोली अस्ट्रेलियाले भारतमाथि सानदार जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतमाथि १० विकेटको जित हात पारेको हो।
भारतले दिएको ११७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई १२१ रन बनायो।
अस्ट्रेलियाका ओपनर मिचेल मार्सले अविजित रहँदै सर्वाधिक ६६ रन बनाए। उनले ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। ट्रभिस हेडले अविजित रहँदै ३० बलमा १० चौकासहित ५१ रन बनाए।
त्यसअघि विशाखापट्नामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले २६ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनायो।
भारतका विराट कोहलीले सर्वाधिक ३१ रन बनाए। उनले ३५ बलमा ४ चौकासहित ३१ रन बनाए।
अक्षर पटेल २९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे। उनीहरू बाहेक रवीन्द्र जडेजाले १६, कप्तान रोहित शर्माले १३, केएल राहुलले ९, कुलदीप यादवले ४ र हार्दिक पाण्डि्याले १ रन बनाए।
सूर्यकुमार यादव, मोहम्मद शामी र मोहम्मद सिराजले खाता खोल्न सकेनन्।
अस्ट्रेलियाको जितमा मिचेल स्टार्कले ५ विकेट लिए। उनले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चे। सन एबोटले ३ र नाथन एलिसले २ विकेट लिए।
पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो। तेस्रो तथा निर्णायक खेल बुधबार चेन्नईमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
