कोरोनाका कारण पर्यटकीय गतिविधि घटेको लुम्बिनीमा अहिले उल्लेख्य रूपमा पर्यटकहरू आउने गरेका छन्।
काठमाडौँ- लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ।
कोभिड–१९ महामारीका कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा कमी आएको भए पनि २०२२ पछि वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको छ।
लुम्बिनीमा सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कोरोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ। लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदेशी पर्यटक आगमन भएको बताए।
उनले २०२१ मा ११९७ जना विदेशी, ४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको जानकारी दिए। २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२, भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको उनले बताए। २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक बाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा उनको थियो।
उनले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताए।
उनले भने, “बुद्धको दरबार रहेको तिलौराकोट संरक्षित स्मारक क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रिया अगाडि बढाएका छौँ । पछिल्लो समय विकासशील मुलुकहरूले पुरातात्त्विक स्थानहरूलाई विश्व सम्पदा सूचिमा सूचीकरण गर्ने काम गरिरहेका छन् । त्यसको लागि धेरै खर्च गर्ने प्रचलन बढेको छ ।”
उनले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भू-भौतिक सर्वे, ड्रोन फोटोग्राफी, फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे र भिजिटर सर्वे गरी अध्ययन अनुसन्धान गरिएको बताए।
उनले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताए।
गुरुयोजना सम्पन्न गर्नको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चितता भएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
