हावाहुरी र असिनासहित वर्षाको सम्भावना

मंगलबार दिउँसो पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ।

जसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुनेछ।

यस्तै हावाहुरी र असिनासमेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर आँशिकदेखि सामान्य बदली भइ वर्षा हुनेछ।

त्यस्तै, मेघगर्जन/चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।