गृहनगरमा रोहित पौडेल ५१ हजार रुपैयाँसहित सम्मानित

विश्वकप छनोटमा पुगेर आफ्नो गृह जिल्ला र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेकाले रोहितलाई सम्मान गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन्।

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ।

पौडेललाई ५१ हजार रुपैयाँसहित सम्मान गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए।

उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा पुगेर आफ्नो गृहजिल्ला र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेकाले रोहितलाई सम्मान गरिएको श्रेष्ठले बताए। रोहित बर्दघाट नगरपालिका–१४ का बासिन्दा हुन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा तेस्रो स्थानमा रहँदै नेपाल विश्वकप छनोटमा पुगेको छ।