पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राति कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ।

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशमा रातिसमेत हावाहुरीसहित वर्षा हुने अनुमान छ।

देशका पहाडी भूभागमा वर्षा हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।