साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसँग ९–० गोल अन्तरले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाडौँ– भुटान साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतसँग ९–० गोल अन्तरले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएको हो।
भारतकी शिल्जी शाजीले एक्लै पाँच गोल गरिन्। उनले खेलको १२औँ, ६२औँ, ६९औँ, ७६औँ र ७९औँ मिनेटमा गोल गरिन्। सिवानी तोपोले ४२ र ६१औँ मिनेटमा गोल गरिन्।
यस्तै, मेनका लोउरेम्बमले ३ र थोइबिस्ना तोइजमले ५६औँ मिनेटमा गोल गरिन्। जितसँगै भारतले ३ खेलमा ६ अंक जोडेको छ। जितविहीन भुटान प्रतियोगिताबाट बाहिरिएको छ।
भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८-१ गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भुटान नेपालसँग ५-० र तेस्रो खेलमा रुससँग ९-१ गोल अन्तरको फराकिलो हार बेहोरेको थियो।
भुटानले चार खेलमा ३१ गोल खाएको छ भने १ गोल मात्रै फर्काएको थियो। भुटानको लागि बंगलादेशविरुद्धको खेलमा प्रिया घल्लीले ६४औँ मिनेटमा गोल गरेकी थिइन्। यस्तै, रुसविरुद्धको खेलमा भने किरा नौमोवाले ४९औँ मिनेटमा आत्मघाती गोल गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
