कस्तो छ सोमबारको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली  रही बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

बेलुकीपख पहाडी र तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाको अनुमान छ। यस्तै कोशी र गण्डकी  प्रदेशका पहाडी भूभागमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने छ।

वर्षा र हावाहुरीबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।