भारतीय सर्वोच्च अदालतमा अधिवक्ता अशोक पाण्डेले ‘राम सेतु’लाई स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्न सहज हुने गरी पर्खाल निर्माण गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका छन्।
भारतको तमिल नाडूस्थित ‘राम सेतु’मा पर्खाल बनाउन माग गर्दै भारतको सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। लखनउका अधिवक्ता अशोक पाण्डेले ‘राम सेतु’लाई राष्ट्रिय स्मारक घोषणा गर्दै दर्शनका लागि खुला गर्न र स्वदेशी विदेशी पर्यटकका लागि अवलोकन गर्न सहज हुने गरी पर्खाल निर्माण गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्।
तमिलनाडुको दक्षिण–पूर्वी तटमा चुनढुंगाहरू तैरिएर बनेको एक पुल हो ‘राम सेतु’। यो दक्षिण भारतको रामेश्वरम नजिकको पास पवन द्वीपबाट शुरू भएर श्रीलंकाको उत्तरी तटीय क्षेत्रस्थित मन्नार द्वीपसम्म जोडिएको छ।
रामायणमा रावणले सीतालाई हरण गरेपछि उनलाई बचाउनका लागि रामले बानर सेनाको साथमा श्रीलंका पुग्न यो पुल निर्माण गरेको सन्दर्भ उल्लेख गरिएको छ। रामचरितमानस र पुराण (स्कन्द पुराण, विष्णु पुराण, अग्नि पुराण र ब्रह्म पुराण)मा पनि सेतु क्षेत्रमा स्नान गर्दाको महत्त्व बिस्तारमा वर्णन गरिएको छ।
सर्वोच्चमा दर्ता भएको निवेदनमा ‘राम सेतु’ भएको समुद्रमा केही किलोमिटरसम्मको पर्खाल निर्माण गर्न माग गरिएको छ। ‘राम सेतु’लाई पावन क्षेत्रका रूपमा व्याख्या गर्दै यसको दर्शन गर्दा 'मोक्ष पाइने'समेत निवेदनमा उल्लेख छ।
अधिवक्ता पाण्डेले भारतको संविधानको अनुच्छेद ३२ बमोजिम दर्ता गरेको निवेदनमा प्राचीन स्मारक र पुरातत्त्व स्थल र अवशेष अधिनियम १९५८ मा परिभाषित ‘राम सेतु’लाई राष्ट्रिय स्मारक घोषणा गर्न माग गरेका छन्। ‘राम सेतु’ दर्शन गर्नका लागि प्रबन्ध नमिलाएर सरकारले संविधानको अनुच्छेद १४, २१ र २५ प्रत्याभूत मौलिक अधिकारको उल्लंघन गरिरहेको तर्कसहित निवेदन पेस गरिएको हो।
साथै ‘राम सेतु’को पूजा गर्न शुरू भयो भने ‘राक्षस’ले ‘राम सेतु’को विनाशको योजना बनाउने हिम्मत गर्न नसक्नेसमेत निवेदनमा उल्लेख छ। यस्तै, ‘राम सेतु’ मा पर्खाल निर्माण भए सेतुमा हिँड्ने, बस्ने र सुत्ने करोडौँ मानिसहरूको इच्छा पूरा हुनेसमेत सर्वोच्चमा पेस भएको निवेदन भनिएको छ। भारतको केन्द्रीय सरकारको 'राम राज्य' फिर्ता ल्याउने अठोट ‘राम सेतु’ पर्खाल नबनेसम्म पूरा नहुने पनि निवेदनमा उल्लेख छ।
“पुलको शुरूदेखि अन्त्यसम्म चारदेखि ४० फिट मात्र पानी छ, त्यसैले केही पर्खाल बनाउन सकिने भएकाले पुल छेउमा पर्खाल निर्माणका लागि अनुरोध गरिएको छ। यो पुल बने रामको आदेशमा बनेको पुल हेर्न संसारभरका मानिसहरू धनुषकोटी (रामेश्वरम) आउनेछन्,” निवेदनमा लेखिएको छ, “यो राम र सीताको प्रेमको प्रतीक हो। साथै, यस क्षेत्रमा दर्शन गर्दा भक्तजनहरूले मोक्ष पाउने विश्वास गर्छन्।”
यसअघि सरकारले ‘राम सेतु’लाई मेसिन प्रयोग गरी भत्काउने प्रयास गरेको दाबी गर्दै राज्यसभा सांसद डा. सुब्रमण्यम स्वामीले पनि ‘राम सेतु’लाई राष्ट्रिय सम्पदाको रूपमा दर्जा दिन सर्वोच्च अदालतमा निवेदन दिएका थिए। हाल उक्त निवेदन सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।
यस वर्ष भारतको संस्कृति मन्त्रालयले पनि ‘राम सेतु’ लाई राष्ट्रिय सम्पदाको दर्जा दिने विचार गरिरहेको जवाफ सर्वोच्च अदालतमा पठाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
