कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको १११ रनको लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रनमा समेटियो।
काठमाडौँ– ललितपुर मेयर्स कपमा विभागीय टोली एपीएफसँग पराजित हुँदै आयोजक ललितपुर अंकविहीन भएको छ।
आफ्नो अन्तिम खेलमा मंगलबार ललितपुर एपीएफसँग ३७ रनले पराजित भएको हो। ललितपुर यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट एपीएफले दिएको १११ रनको लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रनमा समेटियो।
ललितपुरकी सोन्या पाख्रिनले सर्वाधिक १५ रन बनाइन्। उनले १९ बलमा १ चौका प्रहार गरिन्। लक्ष्मी चौधरी र सिमाना केशीले १०/१० रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
एपीएफकी राजमती ऐरी र बिनु बूढाले २/२ विकेट लिए। इन्दू बर्मा, सीता रानामगर र सुस्मा श्रेष्ठका नाममा १/१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिलो ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११० रन बनाएको थियो।
एपीएफकी राजामती ऐरीले सर्वाधिक ४१ रन बनाइन्। उनले अविजित रहँदै ५२ बलमा ४ चौका प्रहार गरिन्। ओपनर तथा कप्तान सिता रानामगरले १९ र बिनु बूढाले १२ रन बनाए।
ललितपुरकी सृष्टि जैशी र सिमना केशीले २/२ तथा सोन्या पाख्रिन र मनिषा उपाध्ययले १र१ विकेट लिए। ललितपुर सोमबार मधेश प्रदेशसँग १ विकेटले पराजित हुँदै एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको थियो। त्यसअघि ललितपुर सुदुरपश्चिमसँग ५१ रन र कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो।
जितसँगै फाइनल प्रवेश गरेको एपीएफले ८ अंक जोड्यो। एपीएफले मधेशलाई १० र कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो।
यस्तै, सुदूरपश्चिमलाई १५ रनले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
