एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत, कानूनी क्षेत्रमा ४४ प्रतिशत, निर्माणमा ६ र मर्मत सम्भारको क्षेत्रमा ४ प्रतिशत प्रभाव पार्ने अध्ययनले औँल्याएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले विश्वभर ३० करोड रोजगारीलाई प्रतिस्थापन गर्नसक्ने अमेरिकी लगानी बैंक गोल्डमन साक्सको अध्ययनले देखाएको छ।
अमेरिका र युरोपमा एक चौथाई रोजगारी प्रतिस्थापन गर्नसक्ने आँकलन गरिएको अध्ययन प्रतिवेदनले एआईले नयाँ रोजगारी सिर्जना गर्नुका साथै उत्पादनशीलता बढाउने समेत बताएको छ। एआईको प्रयोगले विश्वभर उत्पादित वस्तु तथा सेवाको वार्षिक मूल्य ७ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।
यस्तै, एआई प्रयोग भएका सामग्रीहरू मानिसले बनाएकोभन्दा फरक नहुनु नै प्रमुख उपलब्धि हुने प्रतिवेदनमा उल्लेख छ। अध्ययन प्रतिवेदनका अनुसार एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत, कानूनी क्षेत्रमा ४४ प्रतिशत, निर्माणमा ६ र मर्मत संभारको क्षेत्रमा ४ प्रतिशत प्रभाव पार्नेछ।
सन् १९४० मा अस्तित्वमा नै नभएका काममा अहिले ६० प्रतिशत मानिस आबद्ध रहेको पनि अध्ययनले देखाएको छ। साथै, सन् १९८० पछि प्रविधि क्षेत्रको प्रगतिले रोजगारीमा धेरै अवसर सिर्जनाभन्दा पनि प्रतिस्थापन गरेको तथ्य अध्ययनका क्रममा खुलेको छ। सूचना प्रविधिमा तीव्र विकास भएजस्तै एआई त्यसरी नै अघि बढे निकट भविष्यमा रोजगारी घट्नसक्ने बताइएको छ।
तर एआईले पार्ने दीर्घकालीन प्रभावबारे अहिले नै हिसाब गर्नु अनिश्चित हुने भएकाले सबै कम्पनीले गरेका अनुमान सत्य साबित नुहने रिजोलुसन फाउन्डेसन थिंक ट्यांकका प्रमुख कार्यकारी टोर्सटेन बेलको भनाइ छ। उनी भन्छन्, “हामीलाई थाहा छैन प्रविधि कतिसम्म विकसित हुनसक्छ वा कम्पनीहरूले यसलाई काममा कसरी संयोजन गर्नसक्छन्।
तर यसो भन्नुको अर्थ एआईले हाम्रो काममा बाधा पुर्याउँदैन भन्ने होइन। तर, हामी उत्पादकत्व वृद्धिले ल्याउने संभावित जीवनस्तर सस्तो र चुस्त सेवाका साथै अन्य कम्पनी र अर्थतन्त्रले प्राविधिक रूपमा आफूलाई बलियो बनाउँदा उत्पन्न हुने घाटा र जोखिमतर्फ समेत केन्द्रित हुनुपर्छ।”
यस्तै, यसअघि एआईको इमेज जेनेरेटरले रोजगारीको संभावनामा हानी पुर्याउनेबारे विभिन्न कलाकारले समेत चिन्ता जनाएका थिए।
एआईमा लगानीका लागि प्रवर्द्धन गर्न इच्छुक देखिएको बेलायतले भनेको छ, “अन्ततः समग्र अर्थतन्त्रको उत्पादनशीलतालाई गति दिनेछ। बेलायतमा हामी जसरी काम गरिरहेका छौँ त्यसमा एआईले बाधा पुर्याउँदैन बरु थप लाभ मिल्छ।"
बेलायत यसको प्रभावबारे सर्वसाधारणलाई निश्चिन्त बनाउने प्रयासमा रहेको बीबीसीले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
