पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा साँझपख हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली भई बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने छ। देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

साँझपख हावाहुरीसमेत चल्ने सम्भावना छ। यस्तै राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली भई हल्का वर्षा हुने छ।

हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।