कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली भई अन्य स्थानको मौसम सफा रहने छ।

कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र गण्डकीका पहाडी भूभागमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।