सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग सहमति गरेको दुई दिनपछि अर्को टोली काठमाडौँ आएर आन्दोलन शुरू गरेको छ।
काठमाडौँ– मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेको छ।
देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर सोमबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको हो। माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन्।

यसअघि महोत्तरीको बर्दिबासबाट काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच शनिबार समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सहितको पाँचबुँदे सहमति भएको थियो। त्यसको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौँ आएर आन्दोलन शुरू गरेको हो।

सोमबार काठमाडौँमा आएका मिटरब्याज पीडितले सरकारसँगको सहमति फितलो रहेको भन्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन्। उनीहरूले मिटरब्याज पीडितविरुद्ध अदालतमा दायर गरिएका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन्।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर उनीहरूले ‘किसानको भूमि फिर्ता गर’, ‘फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर’, ‘मिटरब्याजीलाई कारबाही गर’, ‘झुटा आश्वासन बन्द गर’, ‘उत्पीडित किसान एक हौँ’ लगायतका नारा लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
