बुधबारको मौसम : साँझपख मेघगर्जनसहित वर्षाको सम्भावना

प्रि–मनसुन चलिरहेकाले थप केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका दिउँसो अनुसार पहाडी भू–भागमा वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। स्थानीय र पश्चिमी वायुका कारण केही दिनदेखि नेपालमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रि–मनसुन चलिरहेकाले थप केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।