कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– हाल देशमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेश र कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली हुने छ। अपराह्नपछि कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

यी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातसमेत हुने महाशाखाको अनुमान छ। कोशी प्रदेशमा राति पनि आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।