कोशी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा आंशिक बदली रहेको छ।

कोशी, मधेश र बागमती प्रदेशमा दिउँसो पनि आंशिक बदली रही हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै राति कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।