बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै बिहीबारको संसद् बैठकमा सांसदले मेयर शाहमाथि प्रश्न उठाएका थिए।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्।
राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै बालेनले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन्। शनिबार उनले फेसबुकमा लेखेका छन्, “आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।”
यस्तै, एमाले महासचिव शंकर पोखरेलले मेयर शाहको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भइरहेको संकेत गर्ने बताएका छन्।
जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ छ। उनले ट्विटरमा लेखेका छन्, “मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा वसेपछि जिम्मेवार र जबाफदेही बन्नै पर्दछ।”
यसअघि बिहीबारको संसद् बैठकमा सांसदले मेयर शाहमाथि बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै प्रश्न उठाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
