सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाएर बकपत्र गराउन आदेश दिएको छ।
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले जाहेरीकर्ता किशोरको स्वास्थ्य परीक्षण गराउने चिकित्सकलाई झिकाउने आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले लामिछानेविरुद्ध उजुरी परेपछि पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने चिकित्सकलाई झिकाएर बकपत्र गराउन आदेश दिएको हो।
वादी पक्षका कानून व्यवसायीले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको सट्टा अर्कै चिकित्सकलाई पठाएर बकपत्र गराएको जिकिर गरेपछि इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउनू’ भनी आदेश गरेको हो।
प्रतिवादी सन्दीपका कानून व्यवसायी मुरारी सापकोटाका अनुसार क्रिकटरद्वय साहब आलम र अनिष श्रेष्ठलाई पनि झिकाउन अदालतले आदेश दिएको छ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। उनीविरुद्ध भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो।
तर, पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो। त्यस्तै, सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दा ‘फास्ट ट्रयाक’बाट किनारा लगाउन आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
