चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।
चीनको शान्दोङ प्रान्तस्थित एक अदालतले सरकार विरोधी अभियान चलाउने दुई जना वकिललाई जेल सजायको फैसला सुनाएको छ। बन्दी बनाएको दुई वर्षपछि उनीहरूलाई अदालतले जेल सजाय सुनाएको हो।
चिनियाँ वकिल डिङ जियासीलाई अदालतले १२ वर्षको कैदको सजाय सुनाएको उनकी श्रीमतीले ट्विटरमा उल्लेख गरेको बीबीसीले जनाएको छ। अर्का वकिल सु झियोङलाई १४ वर्ष जेल भएको पनि उनले उल्लेख गरेकी छिन्। सन् २०२२ को जुन महिनामा बन्दकोठामा गरिएको सुनुवाइमा उनीहरूलाई सो सजाय भएको बताइएको छ। एउटा अभियानका क्रममा सरकारले उनीहरूलाई सन् २०१९ र २०२० मा छुट्टाछुट्टै पक्राउ गरेको थियो।
डिङ ५५ वर्षका छन् भने सु ५० वर्षका छन्। उनीहरूले सन् २०१० मा संयुक्त रूपमा ‘न्यु सिटिजन्स मुभमेन्ट’ आयोजना गरेका थिए, जसले नागरिक अधिकार र सरकारलाई पारदर्शी बनाउने अभियान चलाउने गर्थ्यो।
उनीहरूको अभियानलाई चीन सरकारले प्रतिबन्ध लगाएको थियो। पछि बेइजिङमा आप्रवासीलाई पनि समान सामाजिक र शैक्षिक सुविधा दिइनुपर्ने मागसहितको प्रदर्शनमा भूमिका खेलेको भन्दै सन् २०१३ मा डिङ र सन् २०१४ मा सु पक्राउ परेका थिए। डिङ २०१६ मा र सु २०१८ मा छुटेका थिए। पछिल्लोपटक २०२१ फेब्रुअरीमा उनीहरूलाई पक्राउ गरिएको थियो।
अदालतको फैसलाअघि डिङद्धारा सार्वजनिक विज्ञप्तिमा भनिएको थियो, “चिनियाँ नागरिकहरू राजनीतिक दमन, आर्थिक नियन्त्रण र वैचारिक दासतामा बाँचिरहेका छन्। मैले धेरै दुविधा र जटिल परिस्थितिहरूको सामना गरेँ, भोगेँ। व्यक्तिगत रूपमा मलाई यातना दिइयो। तर यी सबै कुराले मेरो दृढ विचारधारामा परिवर्तन ल्याउनेछैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
