सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

अपराह्नपछि हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

अपराह्नपछि हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। पहाडी भूभागमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने छ।

हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।