ओमानले दिएको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको छ।
काठमाडौँ– नेपालले ओमानसँगको मैत्रीपूर्ण खेलमा ५ विकेटले जित हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको २४७ को लक्ष्य नेपालले पाँच विकेट छँदै पूरा गर्यो। नेपालले ओमानले दिएको लक्ष्य ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले। अर्जुन साउद ६७, दिपेन्द्रसिंह ऐरीले ५९ र रोहित पौडेलले ५८ रन बनाए। त्यस्तै, ज्ञानेन्द्र मल्लले १५ र सन्दीप जोराले ११ रनको योगदान दिए।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २४६ रन जोडेको थियो। ओमानका लागि शोहिब खानले सर्वाधिक ८९ रन बनाए।
घरेलु टोली नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेलेको हो। एसीसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछ।
एसीसी प्रिमियर कपको समूह 'ए' मा ओमान र नेपालसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन्। ओमानले समूह चरणका दुई खेल मूलपानी र दुई खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।
समूह 'बी' मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराइन छन्। हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे १ मा हुने छ। प्रतियोगिताको विजेता एशिया कपमा छनोट हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
