पहाडी भूभागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुनेछ। यस्तै तराईका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती र गण्डकी प्रदेशमा आंशिक रहेको र बाँकी भूभागको मौसम सफा रहेको छ। दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुनेछ।

यस्तै, तराईका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशमा राति पनि हल्का वर्षा हुनेछ।

वर्षा र हावाहुरीदेखि हुने क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। पानी पर्न कम भएसँगै डढेलोका घटना बढेकाले प्रदूषणसमेत वृद्धि भएको छ।

प्रदूषणको बढ्दो स्तरका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ।