राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।
काठमाडाैँ– कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम (८०९१ मिटर) हिमालको सफल आरोहण गरेकी छन्।
इलाइट एक्सपिडिसनमार्फत गएकाे थानीसहितकाे टाेली शनिबार अपराह्न ४ बजे अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकाे हाे। पर्वतारोही निर्मल पुर्जा नेतृत्वको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेकाे एक्सपिडिसनका निर्देशक मिङ्माडेभिड शेर्पाले बताए।
विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमाल आरोहण गर्ने थानी पहिलो कतारी महिला बनेकी छन्। शेर्पाका अनुसार थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णकाे चुचुराेमा पाइला राखेका छन्।
राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजंघा, ल्होत्से, आमादब्लम, मनासलु र केटु हिमालसमेत आरोहण गरिसकेकी छन्। पेसाले चिकित्सक रहेकी थानीले कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी थिइन्। अन्नपूर्ण हिमाल आरोहणका लागि गत फागुन २२ गते थानी म्याग्दी आएकी थिइन्।
कतारी राजपरिवार सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए। अन्नपूर्ण प्रथम हिमालमा शनिबार बिहानदेखि चालु वर्षको वसन्त यामको आरोहण शुरू भएको हो।
शनिबार नै सेभेट समिटका पासाङनुर्वु शेर्पा नेतृत्वमा तीन नेपाली, एक पाकिस्तानी र एक जना अस्ट्रेलियन पर्वतारोहीले पनि अन्नपूर्ण आरोहण गरेका थिए। यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन्। विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए।
मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
