भारतका पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या, ३ जना पक्राउ

शनिबार राती साढे १० बजे टिभीमा लाइभ भइरहेका बेला पत्रकारको कार्ड भिरेर आएका व्यक्तिले गोली हानी पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरेका हुन्।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या भएको छ।

शनिबार राती साढे १० बजे पत्रकारको कार्ड भिरेर आएका व्यक्तिहरूले टिभीमा लाइभ भइरहेकै बेला गोली हानी हत्या गरेका हुन्।

सञ्चारकर्मीसँग कुराकानी गरिरहेका बेला अतीक र अशरफमाथि गोली प्रहार भएको थियो। बन्दुकधारीले गोली नसकिँदासम्म गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दैनिक भास्करले जनाएको छ।

गोली लागेर एक प्रहरी अधिकारीसमेत घाइते भएका छन्। हत्यामा संलग्न लवलेश तिवारी, सनी और र अरण मौर्यलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गर्दै उच्चस्तरीय जाँचका लागि निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ।