भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ।
भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ।
एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले मुम्बईस्थित बान्द्रा कुर्ला क्षेत्रको जियो वर्ल्ड ड्राइभ मलमा एप्पलको नयाँ स्टोर (एप्पल बीकेसी)को औपचारिक उद्घाटन गरेका हुन्। मुम्बईको मुख्य बजारदेखि यो स्थान १४ किलोमिटरको दूरीमा छ। योसँगै २५ देशमा एप्पलका ५५१ वटा स्टोर भएका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा पनि बिहीबार (२० अप्रिल) अर्को नयाँ स्टोर खोलिने छ। त्यसपछि एप्पलको कूल स्टोर संख्या बढेर ५५२ हुने छ। दिल्लीको स्टोरको पनि सीईओ कुकले नै उद्घाटन गर्ने बीबीसीले उल्लेख गरेको छ।
भारतमा अहिलेसम्म कम्पनीका प्रिमियम रिसेलर अर्थात् तेस्रो पक्षका विक्रेताहरूले एप्पलका उत्पादन बिक्री गर्दै आएका थिए। एप्पलका उत्पादन बिक्रीको अनुमति लिएर सामग्री बिक्री हुँदै आएकोमा अब कम्पनीले आफ्नो आधिकारिक स्टोर नै खुलेको हो।
भारतमा हालै खुलेको स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ। विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा एप्पलले आफ्ना उत्पादनलाई अधिक खपत गर्न चाहन्छ। यद्यपि, गुगलको एन्ड्रोइड प्लेटफर्मका स्मार्टफोनका ९५ प्रतिशत प्रयोगकर्ता रहेको भारतमा आईफोन अझै पनि महत्त्वाकांक्षी उत्पादनका रूपमा लिइन्छ।
यता, आईफोनको आपूर्ति शृंखलामा विविधता ल्याउन चाहेको एप्पलले उत्पादनलाई चीनबाट अन्यत्र बिस्तार गर्न भारतीय बजार प्रयोग गरिरहेको छ। हाल आईफोनका सामग्रीको कूल उत्पादनमध्ये पाँच प्रतिशत भारतमा उत्पादन हुँदै आएको छ।
सन् २०२१ देखि नै भारतमा आईफोनको खुद्रा स्टोर खोल्ने योजनालाई कोभिड–१९ ले असर पारेकाले ढिलाइ भई अहिले खुलाइएको बीबीसीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
