बुधबार सम्पन्न समूह 'ए' को पहिलो खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको छ। ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतारले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन मात्र बनायो।
काठमाडौँ- ओमानले एसीसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। बुधबार सम्पन्न समूह 'ए' को पहिलो खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको हो।
ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनमा समेटियो। कतारका कप्तान मोहम्मद रिजलानले सर्वाधिक ४३ रनको इनिङ्स खेले। उनले ६९ बलमा ६ चौका प्रहार गरे।
खुर्रम शाहजादले ३३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए। कतारका अन्य ब्याटर ओमानविरुद्ध प्रभावशाली साबित भएनन्। इमल लियानागे २७, मोहम्मद तनवीर १९, कामरान खान १२, अमिर फारूक ११ र ओवैस अहमद १० रनमा आउट भए।
ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए। उनले ८.१ ओभरमा ४२ रन खर्चिए। यता, जय ओडेद्रा र अकिब इलियासले २/२ विकेट लिए। जिशान मकशूदको नाममा १ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनायो। ओमानका आयन खानले ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५९ बलमा ५ चौका प्रहार गरे। यस्तै, जिशान मकशूद ७१ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए।
सन्दीप गोउड ३४, कश्यप प्रजापती १८, मोहम्मद नादिम १८, अकिब इलियास १७ तथा जतिन्दर सिंह र अदिल शफिक १६/१६ रनमा आउट भए। कतारका मोहम्मद मुराद र अमिर फारूकले ३/३ विकेट लिए। इक्रामुल्लाह खानको नाममा १ विकेट रह्यो।
नेपाल पनि यही समूहमा छ। नेपालले पहिलो खेलमा मंगलबार मलेशियालाई हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
