जम्मु–कश्मीरमा भारतीय सैनिकमाथि आतंकवादी आक्रमण, ५ जनाको मृत्यु

जम्मु–कश्मीरको पुन्च जिल्लामा बिहीबार दिउँसो आतंकवादी समूहले भारतीय सेना चढेको ट्रकमा आक्रमण गरेका थिए।

तस्वीर : एनडीटिभी

भारतको जम्मु–कश्मीरमा भारतीय सैनिक चढेको ट्रकमा आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ।

जम्मु–कश्मीरको पुन्च जिल्लामा बिहीबार दिउँसो आतंकवादी समूहले सेना चढेको ट्रकमा आक्रमण गरेका थिए। एनडीटिभीका अनुसार आक्रमणमा एक जना गम्भीर घाइते भएका छन्।  

आतंककारीले ट्रकलाई चारैतर्फबाट गोली प्रहार गरेका थिए। त्यसपछि गाडीमा आगलागी भएको थियो। उक्त स्थानमा सेनाले घेरा हालेर आतंककारीको खोजी अभियान शुरू गरेको छ। 

आक्रमणमा जैश–ए–मोहम्मद समर्थित पिपुल्स एन्टि फासिस्ट फ्रन्टकाे संलग्नता रहेकाे हुनसक्ने बताइएकाे छ।

खराब ‘भिजिबिलिटी' भएको मौका छोपेर ‘काउन्टर टेरोरिस्ट अपरेसन’मा तैनाथ सैनिकमाथि उक्त समूहले आक्रमण गरेको थियो।