कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो। नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च योगफल हो।
काठमाडौँ– कुशल मल्लको शतक शतकप्रेरित नेपालले एसीसी प्रिमियर लिगअन्तर्गत दोस्रो खेलमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो।
नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च योगफल हो। यसअघि सन् २०२३ मार्च ९ मा पपुवा न्यू गिनीसँग भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले २९७ रन बनाएको थियो
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रनको शतकीय इनिङ्स खेले। तल्लो क्रमका सोमपाल कामीले अविजित रहँदै ६३ रन बनाए।
आकास धुम्म भएको अवस्थामा क्रिजमा उत्रिँदा नेपाललाई शुरूआती ५ ओभरसम्म ब्याटिङ गर्न असहज भएको थियो। दुवै ओपनर नेपालले शून्य रनमा गुमाएको थियो। नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ८ बल खेलेर बिलाल खानको बलमा बोल्ड भए।
अर्का ओपनर आशिफ शेख चौथो ओभरको चौथो बलमा आउट भए। उनलाई कलिमुल्लाहले बोल्ड गरेका थिए। नेपालले २७ बल डट खेलेपछि पहिलो रन जोडेको थियो। पाँचौ ओभरको चौथो बलमा भीम सार्कीले एक रन जोडेका थिए। त्यसपछि भीम र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए।
रोहित १८औँ ओभरको पहिलो बलमा कश्यप प्रजापतीबाट क्याच आउट भए। फय्याज बटले फ्याँकेको बललाई प्रहार गर्दा टप एजमा लागेर उनी कश्यपबाट क्याच आउट भए। आउट हुनुपूर्व रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए।
भीम पनि २१औँ ओभरको तेस्रो बलमा ओमानका विकेट किपर अदिल अहमद शफिकबाट स्टम्पिङ भए। ओमानका कप्तान जिशान मकशूदले फ्याँकेको बललाई स्विप गर्न खोज्दा खुट्टा हावामा रहेको बेला शफिकले स्टम्पिङ गरे।
चौथो विकेटका लागि भीम र आरिफ शेखबीच १८ रनको मात्रै साझेदारी भएको थियो। भीमले ५६ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए।
२०.३ ओभरमा ४–७२ को स्थितिमा रहेको नेपालको इनिङ्स आरिफ र कुशल मल्लले उकासेका थिए। उनीहरूबीच पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी भएको थियो। आरिफ ३२औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्ने क्रममा क्याच आउट भए।
जतिन्दर सिंहको बलमा उनले स्क्वार लेगमा छक्का प्रहार गर्ने प्रयास गरेका थिए। तर, कलिमुल्लाहबाट ब्राउन्ड्री लाइनबाटै क्याच आउट भए। उनले ४२ बलमा २ चौकासहित २९ रन बनाए।
सातौँ नम्बरमा उत्रिएका दीपेन्द्रसिंह ऐरी भने क्रिजमा टिक्न सकेनन्। उनी ३६औँ ओभरको दोस्रो बलमा आयन खानबाट बोल्ड भए। आउट हुनुपूर्व उनले १२ बलमा ७ रन मात्रै बनाउन सके।
क्रिजमा जमेर खेलिरहेका कुशल मल्ल ४१औँ ओभरको चौथो बलमा आयन खानबाट १०८ रनको व्यक्तिगत स्कोरमा क्याच भए। उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।
यता, सन्दीप लामिछाने १० बलमा १ चौका प्रहार गर्दै ८ रनमा क्याच आउट भए। तर, सोमपाल कामी र करण केसीले ४४.४ ओभरमा ८–२४९ को स्थितिमा रहेको नेपालको लागि ६९ रनको साझेदारी गर्दै ३१० को बलियो स्थितिमा पुर्याए।
सोमपाल ४८ बलमा ९ चौका प्रहार गर्दै ६३ रनमा अविजित रहे। उनको ओडीआईमा यो उच्च स्कोर हो। यता, करण केसी १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे।
कुशल मल्ल नेपालका तर्फबाट सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मार्च २५ मा कीर्तिपुरमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यू गिनीविरुद्धको खेलमा ९१ बलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए।
ओडीआईमा शतक प्रहार गर्ने कुशल नेपालका छैटौँ खेलाडी हुन्। यसअघि पूर्वकप्तान पारस खड्का, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेखले शतक प्रहार गरेका छन्।
सोमपालको दोस्रो अर्धशतक
तल्लो क्रममा क्रिजमा उत्रिएका सोमपाल कामीले ओडीआईमा दोस्रो शतक प्रहार गरेका छन्। उनले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध भएको ओडीआई खेलमा डेब्यू गरेका थिए।
उनले उक्त भ्रमणको दोस्रो खेलमा पहिलो अर्धशतक प्रहार गरेका थिए। त्यतिबेला उनले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रनको अविजित इनिङ्स खेलेका थिए।
ओमानविरुद्ध भने उनले ३९ बलमा ७ चौका प्रहार गरे। ओमानका आयन खानले ५ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर २ विकेट लिए।
बिलाल खान, कलिमुल्लाह, जिशान मकशूद, फय्याज बट, जतिन्दर सिंह र अकिब इलियासले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
