एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ।
काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका छन्। साउदी अरेबियाले कतारलाई ७ विकेटले तथा कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर २१६ रन बनायो। २१७ रनको लक्ष्य साउदी अरेबियाले ३४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
साउदीका लागि अब्दुल वाहिदले शतकीय इनिङ्स खेले। उनले १०८ बलमा १२४ रन बनाए। यस्तै, वकार उल हसनले ५५ तथा हिसम शेखले अविजित २१ रन बनाए। बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले २ तथा खुरम शाहजादले १ विकेट लिए।
यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहमद तनवीरले ४६, कमरान खानले ३६, इमाल लियाङ्गेले ३१ तथा मोहमद रिजलानले २८ रन बनाए। बलिङतर्फ साउदीका इश्तियाक अहमदले ४ तथा अतिफ उर रहमान, जैन उल अवीदिन र अहमद बलादर्फले २/२ विकेट लिए।
यसैगरी, मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनायो। २५६ रनको लक्ष्य कुवेतले ४४.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए। बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले ३ विकेट लिए।
यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए। बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले ४ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
