आजको मौसम : आशिंक बदली तथा हल्का वर्षाको सम्भावना

देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। 

काठमाडौँ- आज देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै, पहाडी भूभागका हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

राति भने देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश नं १,गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।