तराईका केहीस्थानमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने छ। तराईका केहीस्थानमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी प्रदेशमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने छ।
वर्षा, हावाहुरी र चट्याङबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
