आइतबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना छ।

काठमाडौँ– पश्चिमी र स्थानीय वायुका कारण देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

लुम्बिनी, कर्णाली, गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने छ।

यस्तै तराईका विभिन्न स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। काठमाडौँ उपत्यकामा आज पनि वर्षा हुने छ।  

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भने रातिदेखि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।