ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन्।
अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, "अहिलेको सरकार सरकारमा किन बसिरहेको छ? जनताले हटाउन सकिराखेका छैनन। त्यो आफ्नो ठाउँमा छ। तर सरकार नै किन बसिराखेको छ? अचम्म लाग्दो छ। केही पनि गर्न नसक्ने सरकार।"
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै 'दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा' पनि सरकारले निरीहता मात्रै प्रकट गरिरहेको जिकिर गरे।
ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे। सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए।
अध्यक्ष ओलीले शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकेदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको जिकिर गरे।
त्यस्तै, फरक प्रसंगमा ओलीले श्रमिकहरूबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरहरूलाई एकताबद्ध हुन आह्वान गरे। मजदुरको हक, हित र उनीहरूको जायज माग सम्बोधन गर्न उनीहरूको बीचको एकता सबैभन्दा ठूलो बल भएको उनले स्मरण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
